Wednesday, June 20, 2018

नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी>



प्रेस काउन्सिललाई जवाफ- प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु काठमाडाैं । छाेटै समयमा नेपालकाे पत्रकारिता क्षेत्रमा ख्याति अार्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्‍याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेकाे छ । ‘न्युज ट्वान्टी फाेर’ टेलिभिजनमा जनसराेकारका विषयलार्इ मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलार्इ लाेकप्रिय त बनाएकाे छ । तर, प्रेस काउन्सिल नेपालमा परेकाे उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भर्इरहेकाे पत्राचारकाे व्यहाेरा हेर्दा लामिछाने कानुनी कारबाहीकाे भागी बन्ने सम्भावना देखिएकाे छ ।

कुमुद लाेहनी र लक्ष्मण विककाे नाममा प्रेस काउन्सिलमा परेकाे उजुरीमा रवि लामिछानेमाथि व्यक्तिकाे घर- कार्यालयमा बलजफ्ती घुस्ने गरेकाे र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिर्इन नेपालमा अवैध रुपले काम गरिरहेकाे अाराेप लगाउँदै उनलार्इ कानुनीबमाेजिम कारबाही गर्न माग गरिएकाे छ । उजुरी परेपछि प्रेस काउन्सिलले‍ छानबिन तथा कारबाहीकाे अावश्यक प्रक्रिया अघि बढार्इएकाे छ ।

हालसम्मकाे छानबिन तथा अनुसन्धानबाट लामिछानेले तीनवटा कानुन उल्लङ्घन गरेकाे दाबी प्रेस काउन्सिलकाे छ । काउन्सिलकाे एक सुत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनैपर्नेमा अहिलेसम्म लिएका छैनन् । दाेस्राे, उनले प्रेसपास लिएका छैनन् र तेस्राे, लामिछानेले प्राप्त गरेकाे ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन

No comments:

Post a Comment