प्रेस काउन्सिललाई जवाफ- प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु काठमाडाैं । छाेटै समयमा नेपालकाे पत्रकारिता क्षेत्रमा ख्याति अार्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेकाे छ । ‘न्युज ट्वान्टी फाेर’ टेलिभिजनमा जनसराेकारका विषयलार्इ मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलार्इ लाेकप्रिय त बनाएकाे छ । तर, प्रेस काउन्सिल नेपालमा परेकाे उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भर्इरहेकाे पत्राचारकाे व्यहाेरा हेर्दा लामिछाने कानुनी कारबाहीकाे भागी बन्ने सम्भावना देखिएकाे छ ।
कुमुद लाेहनी र लक्ष्मण विककाे नाममा प्रेस काउन्सिलमा परेकाे उजुरीमा रवि लामिछानेमाथि व्यक्तिकाे घर- कार्यालयमा बलजफ्ती घुस्ने गरेकाे र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिर्इन नेपालमा अवैध रुपले काम गरिरहेकाे अाराेप लगाउँदै उनलार्इ कानुनीबमाेजिम कारबाही गर्न माग गरिएकाे छ । उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन तथा कारबाहीकाे अावश्यक प्रक्रिया अघि बढार्इएकाे छ ।
हालसम्मकाे छानबिन तथा अनुसन्धानबाट लामिछानेले तीनवटा कानुन उल्लङ्घन गरेकाे दाबी प्रेस काउन्सिलकाे छ । काउन्सिलकाे एक सुत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनैपर्नेमा अहिलेसम्म लिएका छैनन् । दाेस्राे, उनले प्रेसपास लिएका छैनन् र तेस्राे, लामिछानेले प्राप्त गरेकाे ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन ।
उजुरीमाथि छानबिनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएकाे जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र अाश्चर्यचकित बनाएकाे छ । लामिछानेले काउन्सिललाई लेखेकाे पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक हाेइन । नेपाल सरकारकाे गृह मन्त्रालयबाट भिसा बस्ने भिसा लिएकाे छ । अर्काे कुरा म पत्रकार हाेइन, भइसकेकाे छैन । म एक कार्यक्रम सञ्चालक मात्र हुँ । कार्यक्रम सञ्चालकहरुले मात्र हाेइनन् धेरै पत्रकारले प्रेस पास लिएका छैनन् ।’
Wednesday, June 20, 2018
चर्चित पत्रकार रविले भने ‘बरु पेसा त्यागेर दोबाटोमा जुत्ता पालिस गर्छु ...रबिको समर्थनमा सक्दो शेयर गरौ
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment