Wednesday, June 20, 2018

आमालाई २ तोला सुनको सिक्री बनाईदिन्छु भन्दै विदेशीएको खड्गबाहादुर बाकसमा फर्केपछि

आमालाई २ तोला सुनको सिक्री बनाईदिन्छु भन्दै विदेशीएको खड्गबाहादुर बाकसमा फर्केपछि
पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किएउनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी थिएँ, तर बाकसमा पो फर्कियो ।’ खड्ग कतारमा सेक्युरिटी सर्भिसमा काम गर्थे ।
काम गर्दा गर्दै अचानक हर्टअट्याक भएर गत मंसिर ८ गते उनको मृत्यु भएको शव बुझाउन आएका साथी विष्णु गुरुङले बताए । शव ल्याउने प्रक्रियामा ढिलाई हुँदा ढिलो मात्र शव ल्याउन सकिएको मृतकका भतिजा धनसुन्दर लिम्बुले जानकारी दिए ।अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका बेला कतार सरकारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोकेको हो।
कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु न्युनतम पारिश्रमिकको घोषणा गरेका हुन्।अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्युनतम तलब ७ सय ५० भन्दा कम हुने छैन।
कसैले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’, उनले भनेका छन्। यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने उनले बताएको गण्डकीअनलाइनले जनाएको छ।

पढाई सकेर अरु घर फर्किन्थे म किताब झोलामा राखेर अरुको घरमा भाँडा माँझ्न जान्थेँ -डा. भावना>



डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी ।

जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मेकअप थिएन । ‘नेचुरली ब्युटी’ थिइन्, उनी । तर, दाँतलाई भने टम्म तारले बाँधेकी थिइन् । ‘डेन्टिस्ट’ बनेपछि आफ्नो दाँतको आफैंले उपचार गर्नु भएको हो ?’ मैले उनलाई सोधेँ । हाँस्दै भनिन्, ‘होइन नि, आफैँले त गाह्रो हुन्छ । दाँत पूरै पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएको थियो । यसलाई मिलाएकी मात्रै,’ उनको हाँसोले कोठा थर्कियो हाँस्दा उनको मुहार चम्किएको थियो । म चाहन्थेँ, उनले जीवनका तमाम गल्छेंडाहरूको कथा यसैगरी हाँसेरै सुनाउन् । ‘हामी पत्रकार, खासमा दुःखमा साथ दिनभन्दा दुःखका खाटाहरूलाई कोट्याउँछौँ मात्र,’ मैले सुस्तरी भनेँ । उनी तुरुन्तै गम्भीर भइन् । ‘पत्रकारिता त्यस्तै मात्रै त होइन होला है ?’ उनले हाँस्दै भनिन् । हामीले अर्डर गरेको खाजा आइपुग्यो । खाँदै गफिन थाल्यौँ । बाहिर पानी दर्किरहेकै थियो । झ्यालबाट विमानस्थल छेउको डाँडा देखिन्थ्यो । बाँकी सबै सिमेन्टीको जंगल । त्यही सिमेन्टीको जंगलमा अनगिन्ती दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी । यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन् ।

श्रीमानले साउदीमा कमाएको लाखौं सम्पत्ति लिएर पत्नी छिमेकीसँग बेपत्ता भएपछी



श्रीमानले साउदीमा कमाएको लाखौं सम्पत्ति लिएर पत्नी छिमेकीसँग बेपत्ता भएपछी

भद्रपुर । लाखांै नगद र गरहना लिएर छिमेकी युवकसग पत्नी बेपत्ता भएको पीडित पतिले आरोप लगाएका छन् । झापाको साविक पृथीवीनगर –३ हाल भद्रपुर– २ बस्ने २७ वर्षीया विनिता रेग्मी कट्वाल छिमेकी राम लिम्बूसँग ६ बर्षीय छोरा लिएर बेपत्ता भएको पति सुमन कट्वालले आरोप लगाएका हुन् ।

कट्वालले दिएको घट्ना बिवरण अनुसार ०७४ फागुन २३ गते विनिता हराएको छिमेकीले जानकारी गराएका थिए । उनि २१ महिना अघि वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए । हराएको तीनदिन पछि विनितालाई विर्तामोडमा आफन्तको घरमा फेला पारी सीमा प्रहरी चौकी पृथीवीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो । आफू नआएसम्म विनितालाई निगरानीमा राख्नू भनी सुमनले जानकारी गराएपछि विनिताको ठूलीआमा तुलमाया श्रेष्ठको घरमा राखिएको थियो । आफू साउदीबाट चैत्र ३ गते घर आइपुग्दा सोही दिन विहान लिम्बूसहित विनिता बेपत्ता भएको सुमनले बताका छन् । विनिताले साना किसान सहकारीमा सासूआमा याममाया काफ्ले कट्वालको नाममा रहेको खाताबाट हस्ताक्षर मिलाएर १ लाख ७० हजार रुपैया ,सोही सहकारीबाट छोरा रुपकको खाताबाट ८२ हजार ,विदेशवाट पठाएको ९ लाख रकम मध्ये खर्च गरेर बाँकी रहेको साढे २ लाख र ७ तोला सुन लिएर विनिता बेपत्ता भएको सुमनले दाबी गरेका छन्।

मालपोत कार्यालय नै रित्तिने गरी भ्रष्टाचार मुद्दा, १० अधिकृतसहित ३० जना कर्मचारी मुछि



मिलिभगतमा सामुदायिक वनको एक सय २५ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगसहित जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन अधिकृत कर्मचारीसहित ७१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ ।

अन्नपूर्णका अनुसार भ्रष्टाचार मुद्दामा एउटै मालपोत कार्यालयका १० अधिकृतसहित ३० जना कर्मचारी मुछिएका छन् ।

अख्तियारले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेत र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले समेत अनियमिततामा गठजोड रहेको दाबी गरेको छ ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रेकर्ड ब्रेकर, राखे भर्खरै अर्को नयाँ कृतिमान>>



सन् २०१८ को विश्वकपमा स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रेकर्ड ब्रेकर खेलाडी मानिन्छन् । आफ्नो खेल करियरको अन्त्यतिर रहेका रोनाल्डोले अझै थुप्रै किर्तिमानहरु तोड्न सक्ने सम्भावना छ ।

रुस विश्वकपमा चौथो गोल गर्दै क्रिस्टियानो रोनाल्डो युरोपका सर्बाधिक अन्तराष्ट्रिय गोलकर्ता खेलाडीको कीर्तिमान रचेका छन्।

मोरोक्को विरुद्ध जारी खेलको पाँचौं मिनेटमा हेडर मार्फत गोल गर्दै रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका हुन्। यसअघि अाफ्नो उद्घाटन खेलमा स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए। जोए माउटिन्होको कर्नरमा उनले छ यार्ड टाढाबाट गोल गर्दै पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका छन्।कर्नरबाट आएको बललाई उनले गोलपोष्टको दिशा दिएका थिए। रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले एक पोर्चुगलका लागि एक सय ५२ खेल खेल्दै ८५ गोल गरेका छन्।

डा. उपेन्द्र देवकोटाको निधन लगत्तै नाम फेरियो न्युरो अस्पतालको



काठमाडौं । काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पताल (नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्स) को नाम परिवर्तन गरिएको छ। सो अस्पतालका सञ्चालक वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन पश्चात सो अस्पतालको नाम परिवर्तन गरिएको हो ।

उनको सोमबार साँझ सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु पश्चात देवकोटाको नाम थपेर अस्पतालको नाम परिवर्तन गरेको हो ।

बुधबार कम्पनी रजिस्टारको कार्यालयमा न्युरो अस्पतालको नाम ‘उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्स’ दर्ता भएको छ। दर्ता भएसँगै कम्पनी रजिस्टारको कार्यालयले अस्पताललाई प्रमाणपत्र समेत उपलब्ध गराएको छ।

वीर अस्पतालको न्यीरोलोजिकल ट्रमा युनिटका संस्थापक डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा न्यूरो अस्पताल सञ्चालनमा

चर्चित पत्रकार रविले भने ‘बरु पेसा त्यागेर दोबाटोमा जुत्ता पालिस गर्छु ...रबिको समर्थनमा सक्दो शेयर गरौ

प्रेस काउन्सिललाई जवाफ- प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु काठमाडाैं । छाेटै समयमा नेपालकाे पत्रकारिता क्षेत्रमा ख्याति अार्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्‍याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेकाे छ । ‘न्युज ट्वान्टी फाेर’ टेलिभिजनमा जनसराेकारका विषयलार्इ मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलार्इ लाेकप्रिय त बनाएकाे छ । तर, प्रेस काउन्सिल नेपालमा परेकाे उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भर्इरहेकाे पत्राचारकाे व्यहाेरा हेर्दा लामिछाने कानुनी कारबाहीकाे भागी बन्ने सम्भावना देखिएकाे छ ।
कुमुद लाेहनी र लक्ष्मण विककाे नाममा प्रेस काउन्सिलमा परेकाे उजुरीमा रवि लामिछानेमाथि व्यक्तिकाे घर- कार्यालयमा बलजफ्ती घुस्ने गरेकाे र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिर्इन नेपालमा अवैध रुपले काम गरिरहेकाे अाराेप लगाउँदै उनलार्इ कानुनीबमाेजिम कारबाही गर्न माग गरिएकाे छ । उजुरी परेपछि प्रेस काउन्सिलले‍ छानबिन तथा कारबाहीकाे अावश्यक प्रक्रिया अघि बढार्इएकाे छ ।
हालसम्मकाे छानबिन तथा अनुसन्धानबाट लामिछानेले तीनवटा कानुन उल्लङ्घन गरेकाे दाबी प्रेस काउन्सिलकाे छ । काउन्सिलकाे एक सुत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनैपर्नेमा अहिलेसम्म लिएका छैनन् । दाेस्राे, उनले प्रेसपास लिएका छैनन् र तेस्राे, लामिछानेले प्राप्त गरेकाे ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन ।
उजुरीमाथि छानबिनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएकाे जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र अाश्चर्यचकित बनाएकाे छ । लामिछानेले काउन्सिललाई लेखेकाे पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक हाेइन । नेपाल सरकारकाे गृह मन्त्रालयबाट भिसा बस्ने भिसा लिएकाे छ । अर्काे कुरा म पत्रकार हाेइन, भइसकेकाे छैन । म एक कार्यक्रम सञ्चालक मात्र हुँ । कार्यक्रम सञ्चालकहरुले मात्र हाेइनन् धेरै पत्रकारले प्रेस पास लिएका छैनन् ।’