Wednesday, June 20, 2018
मुटुरोगमा महिला विशेषज्ञ
काठमाडौं-
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले एकदिन कुराकानीका क्रममा भनेका थिए– एकजना महिला डाक्टरले कार्डियोलोजीमा डिएम गर्नुभएको छ । मेरो अनुमानमा मुटुरोगमा डिएम (पिएचडी सरह) गर्ने उहाँ पहिलो नेपाली महिला हुनुपर्छ ।’
मैले ‘हो र?’ भन्दै जिज्ञासु प्रतिक्रिया दर्शाएको थिएँ । कुराकानी गर्ने चाहनाका साथ डा भवानी मानन्धरको नम्बर टिपेको थिएँ ।
मुटुरोगमा पिएचडी सरह भन्नेबित्तिकै दिमागमा डा भवानीको एउटा चित्र बनेको थियो । मेरो दिमागको त्यो चित्रमा डा भवानी अलि पाको उमेरकी थिइन् । त्यसको केही दिनपछि फोन गरेर म उनलाई भेट्न ग्रान्डी इन्टरनेसनल अस्पताल पुगें । तेस्रो तल्लामा रहेको कार्डियोलोजी विभागमा डा भवानी मानन्धर लेखिएको नेमप्लेट पछ्याउँदै गएँ । ढोका बन्द थियो र आफू आएको जनाउ दिनु थियो । फोन गरें।
कालो बुट्टादार लङकोट लगाएर भित्रबाट जो निस्किइन्, ती मेरो दिमाग बनेको अनुमानित तस्बिरभन्दा फरक थिइन् । पाकी होइन, युवा !
आफूले महसुस गरेको यही कुरालाई प्रस्तुत गर्न सुरुमै भनें, ‘कति चाँडै सक्नु भएछ है पढाइ ?’
उनले हाँस्दै भनिन्, ‘पढ्नका लागि चाहिने अनुभव लिने बाहेक त्यति धेरै ग्याप भएन । म भन्दा चाँडै डिएमसम्मको पढाइ पूरा गर्ने पनि हुनुहुन्छ।’
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment