Wednesday, June 20, 2018

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रेकर्ड ब्रेकर, राखे भर्खरै अर्को नयाँ कृतिमान>>



सन् २०१८ को विश्वकपमा स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रेकर्ड ब्रेकर खेलाडी मानिन्छन् । आफ्नो खेल करियरको अन्त्यतिर रहेका रोनाल्डोले अझै थुप्रै किर्तिमानहरु तोड्न सक्ने सम्भावना छ ।

रुस विश्वकपमा चौथो गोल गर्दै क्रिस्टियानो रोनाल्डो युरोपका सर्बाधिक अन्तराष्ट्रिय गोलकर्ता खेलाडीको कीर्तिमान रचेका छन्।

मोरोक्को विरुद्ध जारी खेलको पाँचौं मिनेटमा हेडर मार्फत गोल गर्दै रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका हुन्। यसअघि अाफ्नो उद्घाटन खेलमा स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए। जोए माउटिन्होको कर्नरमा उनले छ यार्ड टाढाबाट गोल गर्दै पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका छन्।कर्नरबाट आएको बललाई उनले गोलपोष्टको दिशा दिएका थिए। रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले एक पोर्चुगलका लागि एक सय ५२ खेल खेल्दै ८५ गोल गरेका छन्।

No comments:

Post a Comment