श्रीमानले साउदीमा कमाएको लाखौं सम्पत्ति लिएर पत्नी छिमेकीसँग बेपत्ता भएपछी
भद्रपुर । लाखांै नगद र गरहना लिएर छिमेकी युवकसग पत्नी बेपत्ता भएको पीडित पतिले आरोप लगाएका छन् । झापाको साविक पृथीवीनगर –३ हाल भद्रपुर– २ बस्ने २७ वर्षीया विनिता रेग्मी कट्वाल छिमेकी राम लिम्बूसँग ६ बर्षीय छोरा लिएर बेपत्ता भएको पति सुमन कट्वालले आरोप लगाएका हुन् ।
कट्वालले दिएको घट्ना बिवरण अनुसार ०७४ फागुन २३ गते विनिता हराएको छिमेकीले जानकारी गराएका थिए । उनि २१ महिना अघि वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए । हराएको तीनदिन पछि विनितालाई विर्तामोडमा आफन्तको घरमा फेला पारी सीमा प्रहरी चौकी पृथीवीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो । आफू नआएसम्म विनितालाई निगरानीमा राख्नू भनी सुमनले जानकारी गराएपछि विनिताको ठूलीआमा तुलमाया श्रेष्ठको घरमा राखिएको थियो । आफू साउदीबाट चैत्र ३ गते घर आइपुग्दा सोही दिन विहान लिम्बूसहित विनिता बेपत्ता भएको सुमनले बताका छन् । विनिताले साना किसान सहकारीमा सासूआमा याममाया काफ्ले कट्वालको नाममा रहेको खाताबाट हस्ताक्षर मिलाएर १ लाख ७० हजार रुपैया ,सोही सहकारीबाट छोरा रुपकको खाताबाट ८२ हजार ,विदेशवाट पठाएको ९ लाख रकम मध्ये खर्च गरेर बाँकी रहेको साढे २ लाख र ७ तोला सुन लिएर विनिता बेपत्ता भएको सुमनले दाबी गरेका छन्।
No comments:
Post a Comment