Wednesday, June 20, 2018

पढाई सकेर अरु घर फर्किन्थे म किताब झोलामा राखेर अरुको घरमा भाँडा माँझ्न जान्थेँ -डा. भावना>



डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी ।

जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मेकअप थिएन । ‘नेचुरली ब्युटी’ थिइन्, उनी । तर, दाँतलाई भने टम्म तारले बाँधेकी थिइन् । ‘डेन्टिस्ट’ बनेपछि आफ्नो दाँतको आफैंले उपचार गर्नु भएको हो ?’ मैले उनलाई सोधेँ । हाँस्दै भनिन्, ‘होइन नि, आफैँले त गाह्रो हुन्छ । दाँत पूरै पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएको थियो । यसलाई मिलाएकी मात्रै,’ उनको हाँसोले कोठा थर्कियो हाँस्दा उनको मुहार चम्किएको थियो । म चाहन्थेँ, उनले जीवनका तमाम गल्छेंडाहरूको कथा यसैगरी हाँसेरै सुनाउन् । ‘हामी पत्रकार, खासमा दुःखमा साथ दिनभन्दा दुःखका खाटाहरूलाई कोट्याउँछौँ मात्र,’ मैले सुस्तरी भनेँ । उनी तुरुन्तै गम्भीर भइन् । ‘पत्रकारिता त्यस्तै मात्रै त होइन होला है ?’ उनले हाँस्दै भनिन् । हामीले अर्डर गरेको खाजा आइपुग्यो । खाँदै गफिन थाल्यौँ । बाहिर पानी दर्किरहेकै थियो । झ्यालबाट विमानस्थल छेउको डाँडा देखिन्थ्यो । बाँकी सबै सिमेन्टीको जंगल । त्यही सिमेन्टीको जंगलमा अनगिन्ती दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी । यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन् ।

No comments:

Post a Comment